प्रदेश ५ मा संविधान दिवस(फोटो फिचर)

194
  •  
  •  
  •  

रुपन्देही । प्रदेश नं ५ मा संविधान दिवस विभिन्न भेष–भुषा, झाँकी र बाजा–गाजासहित ¥याली निकालिएर मनाइएको छ ।

दिवसको विशेष समारोहमा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधानसभाबाट जारी नेपालको संबिधान जनअधिकार सम्पन्नताका हिसावले विश्वमै उत्कृष्ठ रहेको बताए ।

बुटवलमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले संविधानमा सबैका आकांक्षालाई समेटन नसकिए पनि अधिकार सम्पन्नताका हिसावले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वमै उत्कृष्ठ रहेको बताए ।

संविधानसभाबाट संविधान जारी भएपछि मुलुक तिव्र विकासको गतिबाट अगाडी बढेको बताउदै पोखरेलले मुलुकको कूल ग्राहस्त उत्पादन बृद्धि त्यसको उदाहरण भएको प्रष्ट पारे । संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको भन्दै पोखरेलले त्यसलाई ब्यवहारमा लागू गर्न राज्यलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।

बुटवलको राजमार्ग चौराहबाट निस्किएको विभिन्न भेष–भुषा, झाकी र बाजा–गाजा सहितको ¥याली बुटवल मण्डपमा पुगेर मुल समारोहमा परिणत भएको थियो । ९६ वटा झाँँकीको सहभागिता रहेको कार्यक्रममा १० वटा समुहलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

झाकी समूह मध्ये रुपन्देहीको तिलोत्तमा नेवा समुह बुटवल –३ प्रथम भई ४० हजार नगद पुरस्कार पाएको छ । कालिका मानवज्ञान माबि बुटवल र पद्यम चैत्य बिहार बुटवल–१ दोस्रो भए भने नेवा समाज प्रदेश ५ बुटवल, सैनामैना नगरपालिका रुपन्देहीको सांस्कृतिक समूह र जितगढी सराय नाच व्यवस्थापन समिति तृतीय हुन सफल भएका थिए ।

 


  •  
  •  
  •