संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित

327
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधि सभा बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ।

शनिबार भएको दफावार छलफलपछि विधेयक निर्णयार्थ पेश भएको थियो । संवैधानिक व्यवस्थाअनुसार संविधान संसोधन विधेयक पारित गर्दा मतदान प्रक्रियामार्फत् गर्नुपर्ने व्यवस्थाअनुसार मतदानबाट सर्वसम्मत पारित भएको हो ।

संविधान संशाेधनका पक्षमा २ सय ५८ मत परेको थियो । बैठकमा २ सय ५८ जना सांसदहरु उपस्थित रहेका थिए । सबैले पारित गरियोस् भन्ने पक्षमा मतदान गरेका हुन् ।

समाजवादी पार्टीकी सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी भइनन्। उनले राखेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएपछि उनी प्रतिनिधि सभाको बैठक बहिष्कार गरेर बाहिरिइन् ।

दफावार छलफलपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस भनि प्रस्ताव पेश गरेकी थिइन् । सो पश्चान मतदान प्रक्रिया शुरु गरिएको थियो ।

यसअघि डा.शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी आजको सदनमा प्रस्ताव प्रस्तुत गरेकी थिइन ।

उक्त विधेयकमाथिको दफावार छलफलमा सबै राजनीतिक दलले समर्थन जनाएका थिए । संविधानमा उल्लेख भएअनुसार दुवै सदनबाट पारित विधेयकलाई सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुपर्नेछ ।

राष्ट्रपतिबाट १५ दिनभित्र उक्त विधेयक प्रमाणीकरण हुनेछ र सोही मितिदेखि संशोधित संविधान लागू हुनेछ ।

यस्तो हुनेछ निशान छाप –


  •  
  •  
  •