दाङमा सामवेद संगीत पाठशाला गठन

141
  •  
  •  
  •  

दाङ, ९ फाल्गुन : सांगितिक एवं कलाकारिताको क्षेत्रमा क्रियासिल व्यक्त्तिहरुको भेलाले सांगितिक क्षेत्रको उत्थान एवं नयाँ पुस्ताहरुलाई सांगितिक तथा कलाकारिताको क्षेत्रमा प्रोत्साहन गर्ने उद्धेश्यसहित दाङ जिल्लामा सामवेद संगीत पाठशाला गठन गरिएको छ ।

संगीतको उत्पत्ति भएको पवित्र ग्रन्थ सामवेदबाट नामाकरण गरिएको उक्त संस्थाको शनिबार त्रिपुर नगरपालिका वडा नं १ स्थित रेडियो पाठशाला नेपाल १०४ मेगाहर्जको सभाकक्षमा भएको भेलाले पुराना गायक याज्ञश्वर बस्नेतको अध्यक्षतामा १३ सदस्यीय तदर्थ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा गायक हुमबहादुर डांगी, सचिवमा शास्त्रीय संगीतकार केशव बस्नेत, सह-सचिवमा राष्ट्रियस्तरमा चर्चित गीतकार प्रकाश के.सी, कोषाध्यक्षमा सुगम संगीत गायक सरद समिप र सदस्यहरूमा साहित्यकार सरिता देवकोटा, रेडियो पाठशालाका स्टेसन म्यानेजर वामदेव देवकोटा, नव गायिका द्वय जमुना धिताल र माया रावत, खलनायक रोजन रोका, सुगम संगीत गायक टोपेन्द्र विष्ट, कलाकार तथा गिटारिस्ट टिकाराम चौधरी र नाट्कर्मी तथा चलचित्र निर्देशक बिष्णुकुमार देवकोटा रहेका छन् ।

यसैगरी आजै बसेको सामवेद संगित पाठशालाको कार्यसमितिको बैठकले विधान मस्यौदाको लागि सचिव केशव बस्नेतको संयोजकत्वमा प्रकास के.सी. र बिष्णुकुमार देवकोटा संम्मिलित ३ सदस्यीय समिति समेत गठन गरेको छ ।

संस्थाले जिल्ला तथा राष्ट्रिय स्तरमा विविध सांस्किृतिक कार्यक्रमहरू आयोजना तथा संचालन गर्ने, संगीत प्रशिक्षण कक्षाहरु संचालन गर्ने, त्रिपुर नगरपालिकामा कला केन्द्र स्थापना गर्ने, विद्यालय स्तरीय सांगितिक क्रियाकलापहरू लगायतका क्रियाकलापहरू संचालन गर्ने सदस्य वामदेव देवकोटाले जानकारी दिए ।


  •  
  •  
  •