भारत र चीनसँगको सम्बन्ध अझै सुदृढ: परराष्ट्रमन्त्री

116
  •  
  •  
  •  

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाएको स्पष्ट पारेका छन् ।

फाइल तस्बिर

पूर्व सांसद मञ्च, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले भारत र चीन दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुदृढ बनाइएको बताए ।

ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हित र सबै राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढ्ने मुलुकको परराष्ट्र नीति रहेको पनि स्मरण गराए ।

विश्व शान्ति, न्याय र समृद्धि नेपालले चाहेकाले सोही अनुसारको अन्तर्राष्ट्रिय सम्बन्धको विकासमा जोड दिइएको पनि स्पष्ट पारे । उनले मुलुकको समृद्धिका लागि सरकारले बाह्य लगानी भित्र्याउने कामलाई उच्च प्राथमिकता दिएको बताए ।


  •  
  •  
  •