सक्कल फाइल नपुग्दा संवैधानिक इजलासको सुनुवाइ प्रभावित

32
  •  
  •  
  •  

काठमाडौं । संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धीको सुनुवाइ स्थगित भएको छ । कार्यवाहक प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको इजलासमा संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धीको सुनुवाइ तोकिएको थियो ।

राष्ट्रपति कार्यालयबाट सक्कल फाइल नपुग्दा सुनुवाइ स्थगित भएको भएको हो । राष्ट्रपति कार्यालयले ५२ संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी सक्कल फाइल सर्वोच्च अदालतमा पठाएको छैन । सर्वोच्च अदालतको संवैधानिक इजलासले सक्कल फाइल नै मगाउने आदेश गरेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाईविनै नियुक्त गरिएका ५२ संवैधानिक पदाधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here