संवैधानिक परिषदको बैठक बस्दै

322
  •  
  •  
  •  

काठमाडौं, ११ चैत(ओएनएस) : संवैधानिक परिषदको बैठक आज बस्दैछ ।  केही संवैधानिक निकायमा पदाधिकारी नियुक्ती सिफारिसका लागि बैठक बस्न लागेको हो ।

फाइल तस्बिर

संवैधानिक परिषदको सचिवालय तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो बस्ने बैठकबाट रिक्त तीन संवैधानिक आयोगका अध्यक्ष नियुक्तीका लागि नाम सिफारिस गर्ने तयारी छ ।

परिषदले रिक्त तीन संवैधानिक आयोगहरु राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र आदिवासी जनजाती आयोगका अध्यक्षहरुको नाम सिफारिस गर्न लागेको हो ।

अन्य पाँच आयोगमा भने परिषदले यसअघि नै अध्यक्ष नियुक्त गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको पदावधि सकिए लगत्तै परिषदको बैठक बोलाइएको हो । बैठकमा नयाँ प्रमुख निर्वाचन आयुक्तको नाम सिफारिसका विषयमा पनि छलफल हुने बताइएको छ ।


  •  
  •  
  •