बाबुरामलाई फेरि ज्वरो, संवाद समितिको बैठक सर्‍यो

122
  •  
  •  
  •  

baburam bhattraiकाठमाडौं, २६ कात्तिक, (ओएनएस) : डा. बाबुराम भट्टराईलाई फेरि ज्वरो बढेपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठक स्थगित भएको छ ।

समितिका सभापति भट्टराई अघिल्लो साता पनि अस्वस्थ भएपछि हिजो बसेको बैठक आज बस्ने गरि स्थगित भएको थियो । मंगलबार स्वास्थ्यमा सुधार आएपछि राजनीतिक भेटवार्ता र बैठकमा फर्किएका भट्टराई फेरि थलिएपछि समितिको बैठक शुक्रबारसम्मको लागि स्थगित गरिएको छ ।

अघिल्लो साता रक्तपरीक्षण गर्दा टाइफाइड भएको थाहा भएपछि चिकित्सकले कम्तिमा १० दिन आराम गर्न सल्लाह दिएका थिए । सभापति भट्टराईले ३ दिनको आरामपछि स्वास्थ्यमा केही सुधार आएपछि राजनीतिक भेटवार्तालाई र परामर्शलाई तिब्रता दिएका थिए ।

यसैबीच भट्टराईले शीर्ष नेताहरुलाई अनौपचारिक छलफल बढाउन आग्रह गरेका छन् । उनले एमाओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरी रोल्पाको कार्यक्रम छोट्याएर छिट्टै काठमाडौं फर्कन आग्रह गरे ।

 


  •  
  •  
  •