सम्वाद समिति अझै सहमतिको प्रयासमै

107
  •  
  •  
  •  

काठमाडौं १८ कात्तिक (ओएनएस) : संविधानका विवादित विषयमा संविधानसभालाई पठाउने प्रतिवेदनको रुवरुपको बारेमा छलफल गर्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक आज बस्दैछ । मध्यान्ह् १२ बजे सिंहदरवारमा सुरु हुने बैठकमा दलीय धारणालाई फरकफरक रुपमा पठाउने वा एकमुस्ट रुपमा प्रतिवेदन पठाउने भन्ने बारेमा छलफल हुने समिति सभापति डा बाबुराम भट्टराईले जानकारी दिए ।

नेपाली काङ्ग्रेस र नेकपा एमालेले ७ प्रदेशसहितको साझा प्रस्ताव हिजोको संवाद समितिको बैठकमा प्रस्तुत गरेपछि एकीकृत माओवादी लगायत मधेसवादी दलहरुले सत्ताधारी दुई दलको प्रस्ताव संविधानसभामा पठाउन नहुने अडान लिएका छन् ।

काङ्ग्रेस–एमालेले भने राज्यपुनर्संरचना, शासकीयस्वरुप, न्यायप्रणाली, निर्वाचन प्रणालीको बारेमा विवाद कायमै राखेर पूर्वनिर्धारित मितिमा संविधान जारी हुननसक्नेभन्दै आफूहरुको प्रस्तावको बारेमा संविधानसभामा छलफल गर्नुपर्ने बताउँदै आएका छन् । असहमतिका विषयमा कात्तिक १६ गते प्रश्नावली बनाएर पेस गर्न संविधानसभाले संवाद समितिलाई निर्देशन दिए पनि समितिले भने सहमतिको संभावना रहेको दावीगर्दै बैठकलाई निरन्तरता दिइरहेको छ ।


  •  
  •  
  •