अनिश्चित बनेको संवाद समितिको बैठक मंगलबार

167
  •  
  •  
  •  

काठमाडौं, २४ कात्तिक (ओएनएस) : लामो समय अनिश्चित बनेको संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक तय भएको छ । बैठक मंगलबार बिहान सिंहदरबारमा बस्नेछ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र सम्वाद समितिका सभापति बाबुराम भट्टराईबीचको सल्लाह पनि मंगलबारका लागि बैठक तय भएको हो । कांग्रेस एमालेको साझा प्रस्तावमा छलफल भइरहेका बेला अचानक स्थगित भएको बैठक अन्यौल बनेको थियो । मंगलबार समितिको बैठकमा सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको छ ।

भट्टराई परामर्शमा

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईको स्वास्थ्यमा सुधार आएको छ । भट्टराईले स्वास्थ्यमा सुधार भएलगत्तै राजनीतिक परामर्शलाई सुरु गरेका छन् । टाइफाइडका कारण उनले केही दिन आराम लिएका थिए ।

सभापति भट्टराईले प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा एमालेका अध्यक्ष केपी ओली, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारस“ग आज विहान टेलिफोनमा कुराकानी गरेका छन् । त्यसैगरी उहा“ले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’स“ग आइतबार बेलुकी आफ्नै निवास सानेपामा भेटवार्ता भएको छ ।

भट्टराईले राजनीतिक दलका शीर्ष नेताहरु तथा संविधानसभाका अध्यक्षस“ग सहमतिको मिलनविन्दु खोज्न पहल गर्न आग्रह गरेका छन् । सहमतिमै अघि बढ्नका लागि पनि दलका नेताहरुलाई भट्टराईले आग्रह गनुभएको छ । साथै सहमतिको निम्ति आफु वाधक होइन साधक वन्ने पनि भट्टराईले प्रधानमन्त्री कोइराला र एमाले अध्यक्षलाई बताए ।

केही दिनदेखि स्थगित संवाद समितिको बैठक बोलाउने विषयमा पनि सभापति भट्टराईले कुराकानी गरेका थिए । सभापति भट्टराई आज दिनभर अनौपचारिक परामर्शमा व्यस्त हुनुहुनेछ । आज दिनभरको अनौपचारिक परामर्शका आधारमा कार्तिक २५ गते मंगलबार संवाद समितिको बैठक बोलाइने सभापति भट्टराईले बताए ।


  •  
  •  
  •