७३ जिल्लाको समानुपातिक तर्फको मतगणना सम्पन्न

316
  •  
  •  
  •  

काठमाडौं,२९ मंसिर (ओएनएस) : समानुपातिक तर्फको ७३ जिल्लाको मतगणना सकिएको छ । निर्वाचन आयोगले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै ७३ जिल्लाको मतगणना सकिएको र बाँकी ४ जिल्लाको मतगणना जारी रहेको जनाएको छ।
हाल सम्म ८८ लाख ३५ हजार ८ सय ६८ मत गणना गरिसकेको छ । प्राप्त मतगणना अनुसार एमाले २९ लाख ९७ हजार १ सय ३० मत प्राप्त गर्दै अग्रता कायम राखेको छ । नेपाली कांग्रेसले २९ लाख ९ हजार २ सय ९३, माओवादी केन्द्रले १२ लाख २ हजार ३२ मत प्राप्त गरेका छन् ।

संघिय समाजबादी फोरम नेपालले ४ लाख २१ हजार ५२८ मत प्राप्त गरेको आयोगले जारी विज्ञप्तीमा भनिएको छ । राष्ट्रिय जनता पार्टी नेपालले ३ लाख ८३ हजार ७ सय ३ मत, विबेकसिल साझाले १ लाख९९ हजार ५३ मत प्राप्त गरेका छन् । राप्रपाले १ लाख ८९ हजार २ सय ८० मत, राप्रपा प्रजातान्त्रिकले ८३ हजार १ सय ४३, नया शक्ति नेपालले ७६ हजार १९६ मत, नेपाल मजदुर किसान पार्टीले ५२ हजार ६ सय ९३ मत प्राप्त गरेका छन् ।

अन्य दलले ३ लाख २१ हजार ८ सय १६ मत प्राप्त गरेको आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्ती मार्फत जनाएका छन् ।


  •  
  •  
  •