सबैलाई समान राखौँ

146
  •  
  •  
  •  

कसैलाई ठूलो, कसैलाई सानो नगरौँ भेद्भाव
रगत रातो सबैको समान राखौ है सद्भाव

मान्छेलाई मान्छे नगन्ने भए चल्दैन सृष्टि
बन्दैन मुलुक यसरी अब हटाऊ विकृति ।

पशुपति कुँवर

जातले मान्छे हुँदैन ठुलो भ्रमणमा नपरौँ
अतिभो अब मान्छेलाई मार्ने लौन नि केहि गराैँ

काम गर्ने कम बोल्ने छन् धेरै अतिभो सोचौन
आसन भाषण सभा र गोष्ठि केहि छिनलाई रोकौन ।

हुँदैन कारबाही आँखा अगाडि रगतको भेल बग्दा
किन दुख्दैन शासकको मन मान्छै नै मारिद

जाजरकोट घटना नघटोस् फेरि सबैको चाहाना
दोषिलाई कारबाही चाँडो होस् केहि नहोस है बाहाना ।

के भयो यस्तो कसलाई के भनु सहन सकिन्न
अत्यचार गरि बसेका मान्छे हतगडी लाग्दैन

ठूल्ठूला पदमा नेतृत्व गर्ने विचार बद्लौ है
बन्दैन मुलुक यसरी अब निरंकुश फालौ है ।

लोकतन्त्र आयो गणतन्त्र आयो जनताले के पायौ
जातको नाममाकलिला छोरा आमाले गुमाए

सभा र बैठक दिनदिनै चल्छन के छलफल गर्दै छन्
शोषण दमन बलत्कार हिंसा अत्यचार बढदै छन् ।

नेपाल सरकार सिंह दरबार के हेरी बस्दै छ
हे नेपालआम स्वदेश फर्काउ युवाले भन्दै छ

बाल शोषण, दमन, महिला हिंसा दिनदिनै बढ्दै छन्
अत्याचार अति सहन गाह्रो झन्डिएर मर्दैछन् ।


  •  
  •  
  •