’समान सबै जात हजुर’ गीत सार्वजनिक

64
  •  
  •  
  •  

काठमाडौं । जातीय विभेदविरुद्ध सचेतना जगाउने उद्देश्यको ’समान सबै जात हजुर’ गीत सार्वजनिक भएको छ । रुकुम पश्चिममा नवराज विकसहित ६ जना युवाहरुको जातकै कारण हत्या भएको अवस्थामा आन्दोलन र धर्ना जारी रहँदा काठमाडौँको नयाँ बानेश्वरमा आयोजित धर्ना कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।

नयाँ बानेश्वरमा जारी प्रर्दशनका क्रममा गीतको कांग्रेस नेता जीवन परियार, साझा पार्टीका नेता एवं सामाजिक अभियन्ता प्रकाश चन्द्र परियार, रेम विश्वकर्मा लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

रुकुममा नवराज विक सहित टिकाराम सुनुवार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सन्जु बिक र गोविन्द शाहीको हत्या भएको थियो । सोही हत्याको विरोधमा काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा विरोध जारी रहादा सर्मथनमा गीत सार्वजनिक भएको हो ।

दीपेन्द्र रसाइलीको शब्द र संगित रहेको गीतमा स्वयं रसाइली र उर्मिला लाम्गादेको स्वर रहेको छ ।
गीतमा दलित समुदायले लामो समय देखि भोग्दै आएको विभेद विरुद्ध लड्न आव्हान गरिएको छ ।


  •  
  •  
  •