समाजवादी पार्टीले संविधान दिवसमा ‘कालो दिन’का रुपमा नमनाउने

83
  •  
  •  
  •  

काठमाडौं । समाजवादी पार्टी नेपालले संविधान दिवसका दिन दीपावली पनि नगर्ने र ‘कालो’ दिन पनि नमनाउने निर्णय गरेको छ ।

सत्तारूढ दल समाजवादी पार्टीले संविधान दिवस (३ असोज)का दिन संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन समेत दिएको छ ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७२ सालको विद्यमान संविधान त्रुटिपूर्ण एवम् अपूर्ण रहेकाले संविधान जारी भएको दिनको खुसियालीमा दीपावली पनि नगर्ने र विरोधको रूपमा कालो दिन दुवै ननमाउने र त्यस्ता कार्यक्रममा सहभागी नहुने समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेको छ ।’

सरकारले भने संविधान दिवस भव्यताका साथ मनाउन र असोज ३ गते दिपावली गर्न आह्वान गरेको छ ।

 


  •  
  •  
  •