समाजवादी पार्टी नेपाल दल दर्ता प्रक्रियामा

416
  •  
  •  
  •  

काठमाडौं । समाजवादी पार्टी नेपाल दल दर्ता प्रक्रियामा जाने भएको छ ।  एकिकरण घोषणाको पाँच हप्तापछि बिहीबार समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दर्ता गराउन लागेको हो ।

दिउँसो एक बजे आयोग कार्यालय कान्तिपथमा पुगेर दल दर्ताको निवेदन दर्ता गराउन लागिएको दलका नेताले जानकारी दिएका छन् ।

राजपा लगायतका दलसँग एकताका लागि भएको प्रयास सार्थक नभएपछि समाजवादीले दर्ता प्रक्रिया अघि बढाउन लागेको हो ।

गत बैशाख २३ गते तात्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएका थिए । पार्टीको झण्डा तय गरेपनि चुनाव चिन्ह भने टुंगो लागेको छैन ।


  •  
  •  
  •