काठमाडौँ, १६ चैत(एजेन्सी) : एलेक्जेड्रियाबाट काहिरातर्फ उडेको इजिप्ट एयरको विमान अपहरण गर्ने व्यक्तिले विमान अपहरण गर्नुको रहस्य खुलेको छ ।
प्रोफेसर समेत रहेका ती व्यक्तिले आफ्नी पूर्व-पत्नीलाई भेट्नका लागि विमान अपहरण गरेको खुलेको छ । आत्मघाति बमको भेष्ट लगाएका उनले साइप्रसमा भएकी आफ्नी पूर्व-पत्नीसँग भेटको माग गरेका छन् । उनले उक्त विमानमा क्रु मेम्बर र ४ विदेशीसहित ११ जनालाई अपहरण गरेका छन् ।
ती व्यक्तिको नाम शेफ इल्डिन मुस्ताफा भएको बताइएको छ । यसअघि उनको नाम इब्राहिम समाहा भएको बताइएको थियो । उनी इजिप्टका नागरिक भएको समेत पुष्टी भएको बताइएको छ । अपहरणमा परेको विमान र यात्रु छुटाउनका लागि उनले आफूलाई राजनीतिक शरण दिनुपर्ने माग समेत गरेका छन् ।
उता इजिप्टका विदेश मन्त्रीले एक विज्ञप्ति जारी गर्दै इब्राहिमलाई आतंककारी नभएको बताएका छन् । उनले भनेका छन्, ‘उनी आतंकवादी होइनन्, मूर्ख हुन् । आतंकवादी पागल हुन्छन् तर, मूर्ख हुन्नन् ।’
विदेशमन्त्रीका अनुसार इब्राहिमले आफ्नी पूर्वपत्नी समक्ष पत्र पठाउन चाहेका छन् । उनले करिब ४ पेज लामो पत्र आफ्नी पूर्व पत्नी समक्ष पुर्याउनुपर्ने माग गरिरहेका छन् ।