व्यवस्थापिका संसद अधिवेसन अन्त्य

388
  •  
  •  
  •  

biccकाठमाडौं, २३ कात्तिक (ओएनएस):  व्यवस्थापिका संसदको चालु अधिवेशन अन्त्य भएको छ । आइतबार व्यवस्थापिका संसद बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख सुवासचन्द्र नेम्वाङले पढेर सुनाएपछि अधिवेशन अन्त्य भएको हो ।

संसदको अधिवेसनसँगै संविधानसभाको बैठक भने झन अनिश्चत बनेको छ । संविधानसभा बैठकको सहजताका लागि संसद बैठक लम्ब्याइएको थियो ।

अन्तरिम संविधानको भाग ६ को धारा ५१ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा व्यवस्थापिका–संसदको अधिवेशन अन्त्य गर्ने उल्लेख छ । दलहरुले सहमतिको संकेत नदेखाएको ससभामुख नेम्वाङले पनि अधिवेसन अन्त्य गरेका हुन् । अब संविधानसभाको बैठक बोलाउन कम्तिमा तीन प्रक्रिया पुरा गर्ने हुन्छ । संसद बैठक समेत अन्त्य भएपछि सभासदहरु थप कामविहीन बन्ने भएका छन् ।


  •  
  •  
  •