सलमान गायक र पेन्टर पनि

306
  •  
  •  
  •  

बलिउडका चर्चित नायक सलमान खानका हरेक फिल्मले रम्रो कमाइ गर्छ । उनको सिक्स प्याक,सुन्दरता र स्टाइलमा हरेक मानिस आकर्षित छन् ।

उनीसँग वक्स अफिसमा राम्रो पेसा कमाउने कला छ । भारतमा सलमानका प्रशंशक पनि अन्य सेलिव्रटिको तुलनामा बढी नै ।
यससँगै पछिल्लो समय उनको गायनबाट पनि प्रंशकहरु आकर्षित हुन थालेका छन् ।

यसैक्रममा उनले  आफ्नो नयाँ फिल्म बजरंगी भाई जानु मा सलमानले प्रशंशकहरुलाई ‘सरप्राइज’ दिने भएका छन्   ।

isयस फिल्ममा उनी कब्वाली गित गाउने भएका छन् । यस अघि उनले आफ्ना पछिल्लो फिल्क किक मा एउटा गित गाइसकेका छन् । जुन एकदमै चर्चामा आएको थियो । गितको सुटिङ हालै पुरा भएको छ । बजरंगी भाइजनामा सलमानको साथ वलिउडकी बेबो करिनाले दिने भएकी छिन् ।

फिल्म आगामी बर्ष हलमा रिलिज हुने भएको छ । सलमान राम्रो पेन्टर पनि हुन् । आफ्नो फिल्म जय हो को पोष्टर उनले आफै बनाएका थिए । तयस्तै आदित्य पंचोली का छोरा सूजर पंचोली को फिल्म हीरोको पोष्टर बनाउने जिम्मा पनि सलमानलाइ आएको छ ।


  •  
  •  
  •