रंगशालामा शनिबार हुने सलमानको ‘दबंग टुर’ स्थगित

84
  •  
  •  
  •  

काठमाडौं । शनिबार हुन लागेको सलमान खानको ‘दबंग टुर’ स्थगित भएको छ । आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले ‘दबंग टुर’ स्थगित भएको जानकारी दिए ।

स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षात्को समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि स्थगित गरिएको उनले बताए ।

ओडिसी इन्टरटेन्मेन्टको आयोजनामा हुन लागिएको उक्त कार्यक्रममा सलमान लगायत, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायत बलिउड कलाकारहरु नेपाल आउने तय थियो ।
सलमान कार्यक्रमको अघिल्लो दिन आएर मन्त्री आलेसँग माउन्टेन फ्लाईटमा जाने समेत कार्यक्रम तय थियो । तर अन्तिम समयमा कार्यक्रम रोकिएको हो । कलाकारलाई पारिश्रिमक, लाइट, साउन्ड, स्टेजलगायतको खर्चमा नेपाली आयोजकले हालसम्म कम्तिमा ५ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ ।


  •  
  •  
  •