सलमान खानले आगामी वर्ष विवाह गर्ने !

296
  •  
  •  
  •  

salman-khanकाठमाडौ/पुस : बलिउड अभिनेता सलमान खानले आगामी वर्ष विवाह गर्ने संकेत गरेका छन् । उनले हालै सम्पन्न भएको ‘बिग स्टार इन्टरटेनमेन्ट अवार्ड्स’का क्रममा आगामी वर्ष आफूले आफ्नो विवाह भएको हेर्न चाहेको बताएका थिए ।

 केही दिनदेखी भारतीय सञ्चारमाध्यमहरूमा बलिउडमा तीनै सुपरखान(सलमान, शाहरूख र अमिर) सन् २०१५ मा एक साथ चलचित्रमा देखिने समाचारहरू प्रकाशित भएका थिए । यसैक्रममा ‘बिग स्टार इन्टरटेनमेन्ट अवार्ड्स’का क्रममा एक पत्रकारले के वास्तविक रूपमा तीनै खान एकसाथ चलचित्रमा काम गर्न चाहन्छन् भन्ने प्रश्नमा सलमानले ‘२०१५ मा तीन खानले एकसाथ चलचित्रमा काम गरेको देख्नुका साटो म आफ्नो विवाह भएको देख्न चाहन्छु ।’

सलमानको यो कुराले के संकेत गर्छ भने उनी तीन खान एकसाथ काम गर्ने कुरामा उनलाई कुनै उत्साह छैन् । तर, विवाहका विषयमा उनले भनेको कुरा कति सत्य हुन्छ त्यो भने हेर्न बाँकी छ ।


  •  
  •  
  •