काठमडौं १४ मंसिर ।
लिउडका चर्चित अभिनेता सलमान खानले आफ्नी बहिनी अर्पिताको विहेका अभिनेत्री सोनाक्षी सिन्हालाई रुवाएका छन। भारतीय संचारमाध्यमका अनुसार सोनाक्षी र सलमानबीच कुराकानी हुँदै गर्दा सलमानले ठुलो स्वरले कराएपछि सोनाक्षी रोएको मुम्बई मिररलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
सोनाक्षी रुन थालेपछि सलमानले ठुलो स्वरमा भन्दै थिए,’मैले यस्तो केही पनि भनेको छैन जसको कारण सोनाक्षी रुनुपरोस्।’ दुईबीच विवाद बढेपछि निर्माता अश्विन यार्डीले दुवैजनालाई शान्त गराएका थिए।
समाचार अनुसार सोनाक्षीले केही दिन पहिला सलमानका भाइ अरबाजको एउटा फिल्ममा काम गर्न अस्विकार गरेकी थिइन। सोही विषयलाई दिएर सलमान र सोनाक्षीबीच विवाद भएको थियो। एजेन्सी