सलमान खानलाई लाग्यो खतरनाक रोग

140
  •  
  •  
  •  

salman-khanकाठमाडौ/पुस(एजेन्सी) : बलिउडका स्टार नायक सलमान खान आजकल सुटिङका क्रममा आफ्ना सम्वादहरू बिर्सिन थालेका छन् । भारतीय सञ्चारमाध्मयहरूका अनुसार उनी शर्ट टर्म मेमोरी लसबाट निकै चिन्तित भएका छन् ।

सलमान खानले आफूलाई सर्ट टर्म मेमोरी लस भएको स्विकार समेत गरिसकेको बताइएको छ । उनी आजकल सूरज बडजात्याको चलचित्र ‘प्रेम रतन धन पायो’ को सुटिङमा व्यस्त छन् । तर, सुटिङका क्रममा पटक-पटक आफ्नो सम्वाद भुल्नाले सुटिङमा निकै समस्या भएको बताइएको छ ।

समाचारहरूमा जनाइए अनुसार सलमानको उक्त बिमारीका कारण सलमानलाई कठिन सम्वादहरू बोल्न नलगाइने र साधारण सम्वादहरू लेख्नका लागि लेखकलाई लगाइएको छ । सलमानलाई सम्वाद बोल्नका लागि माहिर अभिनेताका रूपमा लिने गरिन्छ ।

यसका लागि चलचित्र निर्माता सूरज बडजात्याले यसको समाधान टेलिप्राम्प्टरको रूपमा निकालेका छन् । चलचित्रमा सलमान खानका साथै सोनम कपूर, नील नितिन मुकेश र अरमान कोह्लीको मूख्य भूमिका रहेको छ ।


  •  
  •  
  •