सलमान अब प्रीति जिन्तासँग

55
  •  
  •  
  •  

पूर्व ब्वाइफ्रेन्ड नेस वाडियाविरुद्ध मुद्धा दर्ता गरे लगत्तै प्रीति जिन्ता अमेरिकातर्फ लागिन्। महिलामाथि निजतामा हिंसात्मक हमला, जानी-बुझी बेइज्जती गरेको, आपराधिक धम्की दिएको, व्यक्तिगत मानमर्दन गरेको जस्ता धारामा उनले आफ्नै प्रेमी वाडियाविरुद्ध मुद्धा हाले लगत्तै उनी अमेरिकातर्फ उडेकी थिइन्। अहिले अमेरिकाबाटै उनी समाचारको विषय बनिरहेकी छिन्।

यतिबेला बलिउड हिरो सलमान खान पनि अमेरिकामा यात्रामा छन्। उनलाई अमेरिकाको लस एन्जेलसमा प्रीतिका साथमा धेरै पटक देखिएको छ।

प्रीति र सलमानले सँगै डिनर गरेको र सपिङ मल घुमेका तस्विरहरु सार्वजनिक भएका छन्। सलमान र प्रीति पुराना साथी हुन्। प्रीतिको अनुरोधमा उनको होम प्रोडक्सन फिल्म इश्क इन परेसिमा सलमानले अतिथि भूमिका निर्वाह गरेका थिए।

यो जोडले चोरी चोरी चुपके चुपके, हर दिल जो प्यार करेगा, जानेमन, दिलने जैसे आपना कहा, मेन ओर मिसेस खन्ना र हिरोमा सँगै काम गरिसकेका छन्।

एक बेला जीवनसाथीमा परिणत हुने भनिएको वाडियासँगको सम्बन्ध कसरी बिगि्रयो भन्ने कुरा रहस्यमै छ। नेस वाडियाले आफू वाडिया ग्रुपको मालिक भएको भन्दै तँ को होस् भन्नेदेखि परिवार एवं साथीभाइमाझ अश्लील शब्द प्रयोग गरेको आरोप प्रीतिले लगाएकी थिइन्।


  •  
  •  
  •