काठमाडौ, ३० पुस(एजेन्सी) : बलिउडका स्टार नायक सलमान खानमाथी चलिरहेको कालो हरिणको शिकारसम्बन्धी मुद्धाको बुधबार फैसला हुने सक्ने सम्भावना रहेको छ । सुप्रिम कोर्ट आज यस मुद्धामा सरकारको उजुरीमाथी फैसला गर्न सक्ने संम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पहिले यस घटनामा राजस्थानको एक अदालतले सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो । जसका कारण उनले बेलायतको भिसा समेत पाएका थिएनन् ।
सलमान खानले उक्त अदालतको फैसला विरूद्ध राजस्थानको उच्च अदालतमा उजुरी गरेपछि उक्त अदालतको फैसलमा रोक लगाइएको थियो र उनलाई विदेश जाने बाटो समेत खुलाइएको थियो । राजस्थान सरकारले उच्च अदालतको फैसलामाथी प्रश्न उठाउँदै सुप्रिम कोर्टमा उजुरी दर्ता गरेको थियो । जसमाथि गत नोभेम्बर ५ मा सुप्रिम कोर्टले उक्त फैसलालाई सुरक्षित राखेको थियो ।
आर्म्स एक्टको घटनामा सलमान खानको तर्फबाट दायर गरिएको पुनर्विचार गर्न गरिएको आग्रहमाथि आज फैसला सुनाउन सक्ने बताइएको छ । सलमान खानमाथि सन् १९९८ मा चलचित्रको शुटिङका क्रममा कालो हरिणको शिकार गरेको भन्दै उजुरी दर्ता भएको थियो । यस क्रममा जफत गरिएको हतियारको लाइसेन्सको अवधी समाप्त भइसकेको थियो ।