सलमानको ‘किक’ले दोस्रो हप्‍तामै २ सय करोड

217
  •  
  •  
  •  

लिउड अभिनेता सलमान खानको चलचित्र ‘किक’ले २ सय करोड कमाएको छ। सलमानको फिल्‍मले दोस्रो हप्‍तामै बक्‍स अफिसमा २ सय करोड कमाउन सफल भएको हो। यसअघि सलमानको कुनै पनि फिल्‍मले दुई सय करोडको रेकर्ड कार्यम गर्न सकेको थिएन। उनीद्धारा निर्मित ‘एक था टाइगर’ ले १९८ करोड मात्रै कमाएको थियो। उनको फिल्‍म ‘किक’ चलेपछि गत शुक्रबारसम्‍म कुनै फिल्‍म रिलिज भएको थिएन।

सन् २०१४ मा पहिलो पटक हप्‍ताको दुई शुक्रबार कुनै पनि फिल्म रिलिज नभएको घटना भएको छ। उनको फिल्‍मलाई कुनै पनि फिल्‍म प्रतिस्पर्धा गर्न नआएपछि आइतबारसम्‍म १९८.११ करोड़ रुपैयाँ कमाइ गरेको थियो। यही आधारमा सोमबार अपरान्‍ह तरण आदर्शले आफ्नो ट्विटमार्फत ‘किक’ले २ सय करोड कमाएको दाबी गरेका छन्।

यसअघि अभिनेता आमिर खानको दुई फिल्‍म ‘थ्री इडियट्स’ र ‘धूम-३’ ले दुइ सय करोडको रेकर्ड कायम गरिसकेका छन्। यसका साथै अभिनेता ऋतिक रोशनको एक फिल्‍म ‘कृष-३’ तथा शाहरुख खानको ‘चेन्‍नइ एक्‍सप्रेस’ ले बक्‍स अफिसमा दुई सय करोडको रेकर्ड गरेको थियो।


  •  
  •  
  •