सलमान खानले बुर्का लगाएपछि…

37
  •  
  •  
  •  

salman-wearing-burqaनायक सलमान खान आगामी साता सार्वजनिक हुने चलचित्र ‘बजरंगी भाईजान’मा बुर्कामा देखिने भएका छन् । एक तस्वीरमा उनी नवाजुद्दीनको साथमा बुर्का लगाएर बसिरहेको देखिएका छन् ।

चलचित्रमा सलमानको केही अन्य लुक पनि सार्वजनिक हुने बताइएको छ । कहिले उनी बजरंगबलीको भक्तको रूपमा देखिनेछन् भने कहिले सत्यको लागि कुनै पनि हदसम्म जाने व्यक्तिको रूपमा देखिने छन् ।

salman-wearing-burqa1भारतीय सञ्चारमाध्मयहरूका अनुसार सलमान खान कबीर खानले बुर्का लगाएर नै नाच्न नलगाएकोमा निकै खुसी भएको जनाएका छन् । चलचित्र ‘बजरंगी भाईजान’ करिब ५ हजार स्क्रिनमा यो हप्ता रिलिज हुने भएको छ ।

सलमानको साथै करीना कपुर खान र नवाजुद्दीन सिद्दीकीको मुख्य भूमिका रहेको छ । चलचित्रको निर्देशन कबीर खानले गरेका हुन् ।


  •  
  •  
  •