सलमानको ‘प्रेम रतन धन पायो’ ३ करोड क्लबमा समावेश

513
  •  
  •  
  •  

prem-ratan-dhan-payoकाठमाडौँ, मंसिर / सलमान खानको चलचित्र ‘प्रेम रतन धन पायो’ ले आफ्नो प्रदर्शनको आठौँ दिनमा ३ सय करोड भारतीय रूपैयाँको कमाई गरेर ३ करोड क्लबमा समावेश भएको छ ।

चलचित्रका नायक सलमान खान र निर्देशक सुरज बडजात्याले १६ वर्षपछि एकसाथ चलचित्रमा काम गरेका थिए । चलचित्र दीपावलीको एक दिनपछि १२ नोभेम्बरमा प्रदर्शन सुरू गरिएको थियो ।

चलचित्र एक शाही परिवारको कथामा आधारित छ । चलचित्रमा सलमान खान प्रेमको भूमिकामा रहेका छन् । समाचारमा जनाइए अनुसार भारतमा बिहिबारसम्म यस चलचित्रले १ सय ७३ करोड भारतीय रूपैयाँ कमाई गरेको थियो र विदेशमा १.१५ करोड डलर कमाएको थियो ।
प्रचार र विज्ञापनमा २० करोड भारतीय रूपैयाँ खर्च गरेको यस चलचित्रको कुल बजेट ६० करोड भारतीय रूपैयाँ रहेको थियो । चलचित्र भारतको ४५ सय पर्दा र विदेशका करिब ११ सय पर्दामा प्रदर्शन गरिएको थियो ।

चलचित्रमा सोनम कपुर, अनुपम खेर, स्वरा भास्कर, अरमान कोहली र नील नितिन मुकेशका साथै अन्य कलाकारहरूको अभिनय देख्न पाइन्छ ।


  •  
  •  
  •