सलमानको विदेशी मोडेल साबासँग रोमान्स

126
  •  
  •  
  •  

बलिउडका चर्चित खान अर्थात् सलमान खानले चाँडै नै एक पटक फेरी विदेशी मोडेलको साथमा रोमान्स गरेका छन् । उनले अरबी मोडेल, गायिका तथा नायिका निकोल साबासँग अनस्र्क्रिन रोमान्स गरेका हुन् । उनले एक विज्ञापनको सुटिङका क्रममा साबासँग रोमान्स गरेका हुन् ।

फेशन ब्राण्ड स्प्लेसको लागि सलमान खानलाई ब्राण्ड एम्ब्यासडर बनाइएको छ । यसका लागि उनले केही दिन पहिले अरब मोडेलको साथमा विज्ञापनको सुटिङ गरेका थिए ।
४० वर्षकी पप सिंगर साबा १९९८ देखी २००१ सम्म लेबनिज पप ग्रुप ‘द ४ क्याट्स’की सदस्य थिइन् । यो ग्रुपको साथमा उनले आफ्नो दुईवटा एल्बम र चार वटा भिडियो सार्वजनिक गरिन् । सन् २००३ मा उनको पहिलो चलचित्र रिलिज भएको थियो । यसपछि उनले सोलो सिंगिङ सुरू गरिन् र २००४ मा आफ्नो पहिलो एल्बम सार्वजनिक गरिन् । अहिलेसम्म साबाले केही चलचित्रहरूमा काम गरिसकेकी छिन् ।

सन् २००४ मा उनले एक म्यागाजिनका तर्फबाट बेष्ट सिंगरको अवार्ड समेत पाएकी थिइन् । उनले अहिलेसम्म ८ वटा सिंगल एल्बम सार्वजनिक गरिसकेकी छिन् । नोभेम्वर २०११ मा निकोलले लेबनानका व्यापारी युसुफ अल खालसँग विवाह गरेकी थिइन् ।


  •  
  •  
  •