काठमाडौँ, फागुन(एजेन्सी) : बलिउडका स्टार नायक सलमान खानलाई मार्ने धम्की दिइएको छ । यस घटनाका सम्बन्धमा प्रहरीले जाँच सुरू गरिसकेको छ ।
एक अज्ञात व्यक्तिले प्रहरी कार्यालयमा फोन गरेर सलमान खानलाई मार्ने धम्की दिएका हुन् । १६ फ्रेबुअरीका दिन ती अज्ञात व्यकतिले मुम्बई प्रहरी कन्ट्रोल रूममा फोन गरेर सलमानलाई मार्ने धम्की दिएका थिए । ती व्यक्तिले त्यति भनेर फोन राखेका थिए ।
फोन उठाउने प्रहरीले आफ्ना अधिकारीहरूलाई यसबारे जानकारी दिएका थिए । सोमबारदेखी यस घटनालाई लिएर जाँच सुरू भएको छ भने यस घटनाबारे कुनै उजुरी दर्ता भने भएको छैन् ।
प्रहरीले यसलाई कसैले जिस्क्याएको हुन सक्ने अनुमान गरेको छ । तर, सलमान खानसँग जोडिएको हुनाले प्रहरीले यसलाई गम्भिरता पूर्वक लिएको छ र जाँच पनि सुरू गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।