सलमान खान र सोनम कपुर लजाउँछन् एक-अर्कासँग

195
  •  
  •  
  •  

sonam-kapoor-and-salman-khanसलमान खानले चलचित्रमा कयौ नायीकाहरूसँग प्रेम गरेको सिनहरू दिने गरेका छन् भने सोनम कपुर पनि अभिनयको कला विदेशमा सिकेर अभिनय गर्न थालेकी नायीका हुन् । तर, यी दिनहरुमा सलमान खान र सोनम कपुर एक-अर्कासँग निकै लजाउने गर्छन् ।

आखिर यसको कारण के हो ? कारण हो निर्देशक सूरज बडजात्याको चलचित्र ‘प्रेम रतन धन पायो’ । चलचित्रमा सलमान खान सोनम कपुरका प्रेमीको भूमिकामा रहेका छन् । तर, सोनमका पिता अनिल कपुर सलमान खानका साथि हुन् । उमेरको भिन्नताका कारण उनीहरू बीच एक पुस्ताकै फरक छ ।

यस्तो अवस्थामा सलमान खान आफ्नो साथीको छोरीसँग प्रेम गर्ने सिन चलचित्रमा दिनुपर्दा निकै अनौठो महसुस गर्ने गरेको भारतिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनलाई सबैभन्दा गाह्रो सोनमसँग रोमान्टिक सिन दिन हुने गरेको बताइन्छ । स्रोतहरुलाई उधृत गर्दै सञ्चारमाध्यमले चलचित्र ‘प्रेम रतन धन पायो’ को सेटमा रोमान्टिक सिन गर्दा दुवैलाई निकै असहज महसुस गर्ने गरेको बताएका छन् ।

स्रोतका अनुसार सलमान खान आफ्नो साथीको छोरीसँग प्रेम गर्ने दृश्य गर्दा निकै अनौठो महसूस गर्ने गरेका छन् र उनलाई दृश्य सही तरिकाले सम्पन्न गर्न पनि अप्ठ्यारो हुने गर्छ । वास्तवमा सलमानले सोनमलाई त्यतिबेला देखेका थिए जब सोनम सानी थिइन् । सायद यस्तै स्थिति सोनमको पनि हुने गर्छ ।

पर्दामा आफ्नै उमेरका नायकहरूसँग किसिङ सीन समेत दिइसकेकी र स्विम सुटमा समेत देखीएकी सोनम सलमानको साथ रोमान्स गर्न भने निकै गाह्रो हुने गरेको छ । यी परिस्थितिहरूमा निर्देशकलाई पटक-पटक उनीहरू दुवैलाई सुटिङका क्रममा आफ्नो व्यक्तिगत जीवनलाई बिर्सेर रिल लाइफमा फर्कन सम्झाउनुपर्ने हुन्छ ।


  •  
  •  
  •