सलमानले बलिउडमा ल्याउँदैछन् अर्की सुन्दरी

81
  •  
  •  
  •  

shilpi_sharmaसलमान खानले यी दिनहरूमा करीना कपूरको साथमा ‘बजरंगी भाईजान’को सुटिंगमा व्यस्त छन् । यसका साथै उनी सोनम कपूरको साथमा ‘प्रेम रतन धन पायो’को सुटिङ पनि गरिरहेकी छिन् ।

यसैबीच सलमानले आफ्नो सुपरहिट चलचित्र ‘नो इन्ट्री’को सिक्वेल ‘नो इन्ट्री मे इन्ट्री’मा पनि काम सुरू गर्ने भएका छन् । सलमान खानले चलचित्रमार्पत नयाँ नयाँ नायीकाहरुलाई डेब्यू गराउँदै आएका छन् । उनले डेब्यू गराएका नायीकाहरू बलिउडमा राम्रो स्थान जमाउन समेत सफल भएका उदाहरणहरू प्रसस्तै छन् । यही शिलशीलालाई कायम राख्दै सलमान खानले चलचित्रमा नायीकाको रूपमा शिल्पी शर्मालाई डेब्यू गराउने भएका छन् । शिल्पी यस चलचित्रबाट बलिउडमा डेब्यू गर्दै छिन् ।

बलिउडसँग जोडिएको स्रोतहरूलाई उदृत गर्दै भारतीय सञ्चारमाध्मयहरूले भनेका छन्, ‘शिल्ली सलमानको साथ ‘नो इन्ट्री मे इन्ट्री’बाट डेब्यू गर्नेछिन् ।’ उनले तेलगु चलचित्र ‘ग्रिन सिग्नल’बाट डेब्यू गरेकी थिइन् । उक्त चलचित्र सन् २०१४ मा प्रदर्शनमा आएको थियो ।

अनीस बज्मीको चलचित्र ‘नो इन्ट्री’मा सलमान खानको नायीकाको रूपमा इशा देओलले काम गरेकी थिइन् । उक्त चलचित्रमा अनिल कपूर, फरदीन खान विपाशा वशु पनि रहेका थिए ।


  •  
  •  
  •