पूर्व प्रेमिका कट्रिना कैफसँग माफी मागे सलमानले

68
  •  
  •  
  •  

सलमान खानले आफ्नी पूर्व प्रेमिका कट्रिना कैफसँग माफी मागेका छन्। सलमानले आफ्नी बहिनी अर्पिताको विवाह समारोहमा रणवीर कपुरसँगको सम्बन्धलाई लिएर ‘कट्रिना कपूर’ भनी गरेको टिप्पणीका लागि पूर्व प्रेमिकासँग माफी मागेका हुन्। मिड डे पत्रिकालाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार सलमान खानले कट्रिनाको घरै गएर सो टिप्पणीका लागि माफी मागेका हुन्।
बहिनी अर्पिताको विवाह समारोहमा आएकी कट्रिनालाई सलमानले भनेका थिए, ‘मैले तिमीलाई कट्रिना खान बन्ने पूरा मौका दिएको थिएँ तर तिमीले कट्रिना कपूर बन्न रोज्यौ।’

सलमानको टिप्पणीको नियत कसैको मजाक उडाउनु नभएको प्रस्टिकरण दिएका थिए। बढी उत्साही भएर आफूले त्यस्तो बोलेका उनले बताएका थिए। माफी मागेपछि कट्रिनाले आफ्नो मनमा सलमानका लागि कुनै दुर्भावना नरहेको जवाफ फर्काएकी थिइन्।


  •  
  •  
  •