सलमान–क्याट्रिना सँगै

349
  •  
  •  
  •  

बलिउड अभिनेता सलमान खान र अभिनेत्री क्याट्रिना कैफ फेरि एउटै पर्दामा देखिने भएका छन् । २०१२ मा रिलिज भएको ‘एक था टाइगर’ फिल्ममा उनीहरू पछिल्लोपटक सँगै देखिएका थिए । सलमानले क्याट्रिनासँग काम गर्ने इच्छा व्यक्त गरेपछि उनीहरू फेरि सँगै फिल्ममा देखिने सम्भावना बढेको हो ।

सलमानले यस विषयमा भनेका छन्, ‘यदि मेरो अबको फिल्ममा क्याटरिना सँगै भइन् भने मलाई अत्यन्त धेरै खुसी मिल्नेछ ।’ सलमान र क्याटरिनाले कबिर खानको फिल्म ‘एक था टाइगर’मा सँगै काम गरेपछि एक–अर्काको विषयमा केही भनेका छैनन् । निर्माता अतुल अग्निहोत्रीले सलमानलाई फिल्मका लागि अनुबन्धित गरिसकेका छन् ।

तर, क्याट्रिनाले फिल्ममा खेल्ने/नखेल्ने अझै टुंगो लागेको छैन । ‘भोलि जे पनि हुन सक्छ, अहिलेसम्म क्याटरिनासँग काम गर्ने सम्भावना बढेको छ,’ सलमानले यसबारे प्रतिक्रिया दिएका छन् ।


  •  
  •  
  •