सलमानले करीनालाई दिए विषेश उपहार

78
  •  
  •  
  •  

salman-gift-for-kareenaआफ्नो बचन र साथीका लागि बलिउडमा चर्चित सलमान खानले करीना कपूर खानलाई आफ्नै हातले बनाएको एक पेन्टिङ उपहार दिएका छन् ।

केही दिन अघि सलमान खानले आफ्नो हातले चलचित्र ‘बजरंगी भाईजान’ को पेन्टिङ देखेर करीनाले सलमानलाई भनेकी थिइन्, ‘यो पेन्टिङ निकै राम्रो छ र मलाई मन पर्यो ।’ यसपछि सलमानले पनि उनलाई सोही समयमा ‘यो तिम्रो भयो ।’ भन्दै गिफ्ट गरेका थिए ।

‘बम्बई टाइम्स’का एक पत्रकारले सलमान खानलाई के करीनालाई पेन्टिङ गिफ्ट गर्नुहुन्छ भनेर सोध्दा उनले चलचित्र ‘वान्टेड’को स्टाइलमा जवाफ दिएका थिए र भनेका थिए, ‘मैले एक पटक बचन दिएपछि म आफ्नो अन्य कुनै कुरा सुन्दिन ।’


  •  
  •  
  •