नयाँ वर्षको दिन सल्लेरी बन्द

200
  •  
  •  
  •  

सोलुखुम्बु, १ वैशाख (ओएनएस) : व्यापारीहरुलाई अभद्र व्यवहार गरेको विरोधमा सोलुखुम्बुका उद्योगी ब्यबसायीले सोलुखुम्बुको सदरमुकाम सल्लेरी बन्द गराएका छन् । बन्दका कारण सल्लेरी बजार तथा यातायातका साधनहरु पुर्णरुपमा बन्द भएका छन् ।

गत चैत्र २७ गते जिल्ला अनुगमन समितिले गरेको बजार अनुगमनमा प्रशासनका कर्मचारी र प्रहरीले ब्यापारीहरुलाइ अभद्र ब्यबहार गरेको भन्दै सोमबार जिल्ला प्रशासन कार्यलयमा ब्यापारीहरु पुगेर प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालको ध्यानाकर्षण गराएका थिए ।

तर आफुहरुको गुनासो नसुनेर अपमानित गरेको आरोप लगाउदै ब्यबसायीहरुले मंगलबारदेखि सल्लेरीका बजार पसलहरु बन्द गराएका हुन् । बन्दका कारण सल्लेरीमा रहेका झण्डै दुई सय होटल पसलहरु बन्द भएका छन् । नयाँ बर्षको दिन पसलहरु बन्द हुदा सर्वसाधरण तथा पर्यटक समस्यामा परेका छन् ।

उद्योग बाणिज्य संघ सोलुखुम्बुको नेतृत्वमा भईरहेको बन्द प्रमुख जिल्ला अधिकारीले सार्वजनिक माफी नमागे सम्म अनिश्चितकालका लागि जारी रहने संघका सचिब तार्देन शेर्पाले जानकारी दिए । साथै बजार अनुगमनका क्रममा महिला ब्यापारिहरुलाई दुब्र्यबहार गर्ने कर्मचारीलाई कारावाही गर्नुपर्ने उनीहरुको माग छ ।

प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालले आफुले दुब्र्यबहार हुने कुनै किसिमको दुव्र्यबहार नगरेको भन्दै ब्यापारिहरुले डेलीगेशनको नाममा महिला सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुकुमारी भटराईलाई दुव्र्यवहार गरेकोले सम्झाईबुझाइ गरेको बताएका छन ।


  •  
  •  
  •