पूर्वमन्त्री सलिम मियाँ अन्सारीको निधन

975
  •  
  •  
  •  

salim-miyaकाठमाडौ, २८ चैत(ओएनएस) : पूर्वमन्त्री सलिम मियाँ अन्सारीको शनिबार राती १ बजे निधन भएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत पूर्वमन्त्री अन्सारीको मृगौलाको समस्याबाट ग्रसित थिए । उनको आज साँझ नै बारास्थित उनको पुर्ख्यौली घरमा अन्त्येष्टी गरिने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो समयमा एमाओवादीमा रहेका उनलाई एमाओवादीका नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उनी एमालेबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा दरबारनिकट भएपछि वन तथा भू-संरक्षणमन्त्री बनेका थिए ।


  •  
  •  
  •