संसारको सबैभन्दा बढी तलव खाने महिला

145
  •  
  •  
  •  

एजेन्सी  : इजरायलमा जन्मिएकी अमेरिकी बिजनेस एग्जीक्युटिव सैफरा कैट्स संसारकै सबैभन्दा बढी तलब लिने महिला बनेकी छन् । उनी ओरेकल कर्पोरेशनको संयुक्त रुपमा सीइओ बनाइएको थियो ।

पछिल्लो वर्ष उनले ४४.३ मिलियन अमेरिकी डलर अर्थात ४३२ करोड रुपैया तलब पाएकी थिइन् ।

ओरेकल कम्पनीका संस्थापक तथा सीइओ लैरी एलिसनले उनलाई चीफ अफ फाइनान्सियल अफिसरबाट बढुवा गरेर सीइओको पद दिएका थिए ।

कैट्सका साथमा मार्क हर्डलाई पनि सोही पदमा बढुवा गरिएको थियो । कैट्सले उत्पादन तथा प्रशोधन र फाइनान्सियल तथा हर्डले सर्भिस, सेल्स र विश्वव्यापी बिजनेश क्षेत्र सम्हालेका छन् । एलिसनले भने हार्डवयर इन्जिनियरिङ क्षेत्र सम्हालेका छन् ।

कैट्स सन् १९९९ मा उक्त कम्पनीमा जोडिएकी हुन् । उनी सन् २००४ मा कम्पनीको अध्यक्ष बनेकी उनले १ दशकदेखि उक्त पद सम्हालिरहेकी छन् ।


  •  
  •  
  •