प्रधानमन्त्री मोदीको नामको अगाडि ‘श्री’ नलगाएका कारण तलब काटियो

402
  •  
  •  
  •  

२३ फगुन : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नामको अगाडि ‘श्री’ नलगाएकाले सीमा सुरक्षा बलका एक जवानको सात दिनको तलब काटिएको टाइम्स अफ् इन्डिया पत्रिकाले जनाएकाे छ।

फ्रेब्रुअरी २१ मा पश्चिम बंगालको नदियाको महातपुरमा बीएसएफको १५ औं बटालियन को परेड चलिरहेको क्रममा बीएसएफ जवान सञ्जीव कुमारले रिपोर्ट गर्ने क्रममा ‘मोदीको कार्यक्रम’ भनेका थिए। जस कारण उनकाे  सात दिनको तलब काटिएकाे हाे।

सञ्जीब कुमारलाई बीएसएफ एक्टको धारा ४० अनुसार ‘दोषी’ पाइएकाेले सजायस्वरुप उनको सात दिनको तलब काटिएकाे उक्त पत्रिकाले जनाएकाे छ।


  •  
  •  
  •