बजेटमा घोषणा गरिएअनुसार नै तलब वृद्धि हुने अर्थमन्त्री शर्माको आश्वासन

87
  •  
  •  
  •  

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबमान लागू हुने बताएका छन् ।

विभिन्न पाँच कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री जनार्दन शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र ‘पे कमिसन’गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बजेट घोषणा विपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीसँगको भेटमा उनले यस्तो जानकारी दिएका हुन् ।

कर्मचारीहरुले आज अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाव दिएका थिए । सो क्रममा अर्थमन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती कर्मचारी युनियनले जनाएको छ ।

नेपाल निजामती कर्मचारी युनियन, निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, मधेसी कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्षले अर्थमन्त्रीसँग भेटेका हुन् ।

बजेटमा कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गरिएको थियो । तर साउन एक गतेदेखि लागू हुने कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि गरेपछि कर्मचारी आक्रोशित भएका हुन् ।


  •  
  •  
  •