सलह

215
  •  
  •  
  •  

सलहको आगमन भैँ हाल्यो हाम्रो बस्तिभित्र
भय र चिन्ता पो बढ्न थाल्यो हाम्रो बस्तिभित्र

स्थिर घिमिरे

कस्तो रैछ गाँठे फट्यांग्राको अर्को प्रजाति यो
सल्बलाएरै ढाक्दैछ यो हाम्रो सारा बस्तिभित्र

लौन किसानलाई थप चपेटामा पर्न नदिन
नियन्त्रणका उपाय खोजम यो कोलाहलभित्र

कोरोना भन्दा आक्रमक भएरै पो आयो त यो
अझ ठूलो महामारी हुने त हैन बस्तिभित्र

(घिमिरे चिति साहित्य समाज लमजुङका अध्यक्ष हुन्।)


  •  
  •  
  •