सलह किरा सङ्कलन गर्ने व्यक्तिलाई प्रतिकिलो २० रुपैयाँ

206
  •  
  •  
  •  

पाल्पा । प्रदेश नम्बर ५ सरकारले सलह किरा सङ्कलन गर्ने व्यक्तिलाई प्रतिकिलो २० रुपैयाँ दिने भएको छ । प्रोत्साहन स्वरुप किरा सङ्कलन गर्नेलाई रकम उपलब्ध गराउने निर्णय भएको कृषि विकास निर्देशनालय प्रदेश नम्बर ५ ले जनाएको छ ।

सलह नेपाल प्रवेश गरेको छ । सानो झुण्डमा आएको सलहबाट हुन सक्ने क्षति कम गर्न योजनासहित प्रतिकार्यमा जुटिसकेको कृषि मन्त्रालयले जनाएको छ । तस्बिर : जितेन्द्र यादव, कृषि ज्ञान केन्द्र, बारा।

सङ्कलन गरिएको सलह किरा स्थानीय तहमा बुझाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराउनेछ ।

भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबारबाट सलह किराका समूह नेपालमा प्रवेश गरेका छन् ।


  •  
  •  
  •