सालकको खपटासहित दुर्इ युवा पक्राउ

334
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन (ओएनएस) : सालकको खपटासहित प्रहरीले दुर्इ युवालार्इ पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा खोटाङ्ग मजुवागडी नगरपालिका ५ बस्ने २० वर्षीय हिराधन वि.क.  र दोलखा विगु गाउँपालिका ५ बस्ने १७ वर्षीय धिरज ठकुरी रहेका छन्।

ठमेल ईलाकामा सालकको खपटा खरिद विक्रि भइरहेकाे भन्ने गोप्य सुचनाको आधारमा बिहीबार महनरगरीय प्रहरी वृत्त लैनचौर सोहखुट्टेवाट खटिएकाे प्रहरी टाेलीले खोजतलास गर्दा २ जना व्यक्तिलाई शंका लागि पिछा गर्दे जाँदा काठमाडाैँ १० वानेश्वर स्थित सार्वजनिक सडक खण्डमा फेला पारी चेकजाँच गर्दा उनीहरु पिठ्युमा भिरेको कालो लेदरको झोला भित्र २ किलो सालकको खपटा बरामद गरिएकाे महानगरीय प्रहरी परिसर काठमाडाैँका प्रवक्ता डिएसपी माेहन थापाले बताए।

खपटासहित पक्राउ परेका दुबैलार्इ आवश्यक कारवाहीको लागि शुक्रबार जिल्ला वन कार्यालय हात्तिसार , काठमाण्डौँ पठाइएकाे प्रहरीले जनाएकाे छ।


  •  
  •  
  •