शक्ति समूहकी अध्यक्ष दनुवारलाई सी–१० अवार्ड

66
  •  
  •  
  •  

काठमाडौं, ३० भदौ (ओएनएस) : मानव बेचबिखनबाट प्रभावित महिलाहरुको संस्था शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले अर्को विश्व प्रतिष्ठित अवार्ड पाएकी छन् । एक वर्षअघिमात्र रोमन म्यागेसेसे पुरस्कार पाएकी दनुवारले यो वर्ष सी १० अवार्ड पाएकी हुन् । मानव बेचबिखन र व्यवसायिक यौन शोषण विरुद्ध लड्ने विश्वभरबाट छानिएका १० जनामध्येमा नेपालबाट आफ्नो नाम छनौट भएको अमेरिकाबाट सुनिताले ओएनएसलाई जनाएकीछन् । यससँगै सि १० अवार्ड पाउने उनी एकमात्र नेपाली भएकी छन् ।

अवार्डको आधिकारिक घोषण स्वीडेनको स्टकहोममा सोमवार गरिएको हो । पुरस्कारको राशी १० हजार अमेरिकी डलर छ । हाल अमेरिकामा रहेकी उनले भनिन्, ‘पुरस्कार पाउदा निकै खुसी महसुस भएको छ । सँगसँगै आफूमा कामको जिम्मेवारी थपिएको महसुस गर्देछु ।

साथमा यो मेरो मात्र नभएर सम्पूर्ण नेपाल र नेपालीका लागि गर्भको कुरा हो ’, भन्दै उनले पुरस्कारले आफूलाई हौसाला दिएपनि हतोत्साहित भने कहिल्यै नगर्ने जिकिर गरेकीछन् । उनले मानव बेचबिखन, यौन उत्पीडन र दासता विरुद्धको संघर्षको प्रतिफलका रुपमा आफूले यो अवार्डलाई लिएको बताउदै यसलाई सबै नेपालीको सफलता भनेकी छन् । 

सेफियोस्टेन्बेक फ्यामिली फाउन्डेशन, वल्र्ड चाइल्डहुड फाउन्डेशन र रिच फर चेन्ज नामक तीन संस्थाले स्थापना गरेको यो अवार्ड आगामी नोभम्बर ३ मा स्टकहोममा प्रदान गरिने भएको छ ।

यसअघि शक्ति समूहकै पूर्व अध्यक्ष चरिमाया तामाङले आधुनिक दासता विरुद्धको लडाई लड्ने विश्वका एकजनालाई दिइने अमेरिकी सरकारको प्रसिद्द अवार्ड पाएकी थिइन् ।


  •  
  •  
  •