बसुन्धारामा सकेट बम भेटियो

475
  •  
  •  
  •  

काठमाडौं, २५ चैत(ओएनएस) : काठमाडौं बसुन्धाराको ओसिस क्याफेसँगै जोडिएको घरमा सकेट बम भेटिएको छ ।
घरमाथि रहेको कम्युटर सेन्टरको सोफामुनि सकेट बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले बताएका छन् ।

फाइल तस्बिर

उनले भने, ‘सोफामुनि सकेट बम भेटिएको हो । हामी डिस्पोजको लागि तयारी गरिरहेका छौं ।’
बम कसरी त्यहाँ पुग्यो भन्ने खुल्न नसकेको उनको भनाइ छ ।
महागरीय प्रहरी वृत महाजगञ्जको टोलीले कम्युटर सेन्टरका सञ्चालक प्रकास सुवेदीलगायत चार जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको टोलीले बम डिस्पोज गर्न नसक्ने देखिएपछि नेपाली सेनाको टोली झिकाएको डिएसपी बोगटीले जानकारी दिए ।


  •  
  •  
  •