माओवादी केन्द्रको बैठक सकियो, एकता बारे के-के भयाे छलफल?

231
  •  
  •  
  •  

काठमाडाैँका, ९ वैशाख (ओएनएस): नेकपा (माओवादी केन्द्र) को  आज बिहान बसेकाे विस्तारित बैठक सकिएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले पार्टी एकतामा भइरहेका प्रगतिबारे छलफल भएको थियो ।

बैठकमा अध्यक्ष प्रचण्डले दुबै पार्टीका एकता स‌ंयाेजन समितिकाे कार्यादलले दुबै अध्यक्षलाई बुझाएको प्रतिवेदन माथि गहन छलफल भएको बताए।

बैठकमा सैद्धान्तिक, राजनतिक, सांगठनीक विषयमा समझदारी कायम गर्ने कुरा सकारात्मक ढंगले अघि बढिरहेको अध्यक्षले प्रचण्डले नेताहरुलार्इ जानकारी गराएका थिए।

यसमा अझै थप छलफल हुने समेत अध्यक्ष प्रचण्डले बैठकमा  नेताहरुलार्इ जानकारी गराएका थिए।

अहिलेको राष्ट्रको आवश्यकता, दुबै पार्टीका नेता, कार्यकर्ता र नेपाली जनताले अनुमोदन गरेको पार्टी एकता सम्पन्न गर्ने कुरा सुनिश्चित भएको बैठकको निश्कर्ष छ । समानता, सम्मानजनक र न्यायोचित आधारमा पार्टी एकता सम्भव हुने बैठकमा अध्यक्ष प्रचण्डले जानकारी गराए।

बैठकमा सहभागी नेताहरुले पार्टी एकता सम्मानजनक रुपमा हुनुपर्ने अध्यक्षलाई सुझाव दिएका थिए । पार्टी एकता प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको बैठकको निष्कर्ष छ ।


  •  
  •  
  •