विश्वकपको समापनमा साकिराको प्रस्तुति

294
  •  
  •  
  •  

२० असार, रियो दि जेनेरियो – साकिराले रियो द जेनेरियोमा हुने विश्वकप फुटवल २०१४ को समापनका अवसरमा आफ्नो प्रस्तुति प्रदर्शन गर्ने भएकी छिन् । सो प्रर्दशनीसँगै उनले विश्पकपमा ह्याट्रिक पुरा गर्ने छिन् ।
यसअघि उनले दुई पटक विश्वकपमा आफ्नो गीत प्रस्तुत गरिसेककी छिन् । आजको राजधानी दैनिकले समाचार छापेको छ ।
कोलम्वियाकी पप गायिका साकिराले माराकाना स्टेडियममा १३ जुलाईमा प्रर्दशन गर्ने छिन् । उनले विश्वकपका लागि तयार पारेको आफ्नो गीत ला ला ला‘।भन्ने गीत गाउने छिन् । ‘म फुटबलसँग थुप्रै कारणले जोडिएकी छु । मैले धेरै मानिसका लागि विश्वकप भनेको के हो भन्ने बुझेको छु, उनले भनिन् ।’
उनी बार्सिलोला तथा स्पेनका स्टार खेलाडी जेराड पेकेकी श्रीमती हुन् । उनले यसअघि जोहान्सवर्गमा वाका वाका‘ गाएकी थिइन् ।


  •  
  •  
  •