दोश्रो सन्तानको प्रतिक्षामा साकिरा

177
  •  
  •  
  •  

काठमाडौं, १० कात्तिक(ओएनएस):  कोलम्बियाली पपस्टार साकिरा पुन आमा बन्ने भएकी छन् । वर्षको फिफा वल्र्ड कपको बेला उनी गर्भवती भएको चर्चा चलेको थियो ।  समापनमा गीत गाउँदा त्यस्तो चर्चा चले पनि साकिराले कुनै प्रतिक्रिया दिएकी थिइनन्।

हालै उनले  दोस्रो सन्तानको आमा बन्न लागेको र आफू त्यसका लागि उत्साहित भएको उनी स्वयम्ले पुष्टि गरेको समाचार स्रोतले जनाएको छ । उनी प्रेमी फुटबलर गेरार्ड पिकेबाट दोस्रो बच्चा जन्माउने तयारीमा छिन ्।
पिकेले मेरो व्यक्तिगत जीवनमा निकै ध्यान दिने उनले बताएकी छिन् ।
साथै आफुले हरेक काम गर्नुभन्दा अगाडि पिकेलाई सोध्ने उनले जानकारी दिएका हिन् ।

पिकेले  अन्य पुरुषको साथ भिडियोमा काम गर्न  नरुचाएकोले आफु पछिल्लो समय भिडियोमा नआएको साकिराले बताएकी छिन् । पिकेसँग उनी लिभिङ टुगेदरमा रहेकी छन्। (एजेन्सी)


  •  
  •  
  •