‘जिग्री’ र ‘पाँडे’को नयाँ टेलिश्रृंखला ‘सक्किगोनि’

518
  •  
  •  
  •  

काठमाडौं । हाँस्य टेलिशृंखला ‘भद्रगोल’को पुरानो समूहले नयाँ टेलिश्रृंखला ल्याउने भएको छ ।
‘भद्रगोल’ नाम अरुले नै लिएपछि उक्त समूहले नयाँ हास्य टेलिशृंखला ‘सक्किगोनि’ ल्याउन लागेको हो ।

ज्योती काफ्ले र अशोक धितालको लेखन तथा निर्देशनमा मिडिया हबले नै ‘भद्रगोल’ ल्याएपछि पुरानो समूहले नयाँ टेलिशृंखला ‘सक्किगोनि’ ल्याउन लागेको बताइएको छ ।

कलाकार अर्जुन घिमिरे (पाँडे)ले लगायत टीमले सामाजिक सञ्जाल फेसबुक मार्फत एकसाथ टेलिश्रृंखलाको नाम सार्वजनिक गरेका हुन् ।

मिडिया हबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले ल्याउन लागेको श्रृंखला ‘सक्किगोनि’ आँउदो असोज २ गते बिहीबारबाट प्रसारण हुने छ ।

जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृंखलाको लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहनेछ । भद्रगोलमा प्रस्तुत गर्दै आएको थिम र पात्रहरुको कथामै श्रृंखला निर्माण हुनेछ ।

श्रृंखलामा शंकर आचार्य ‘वरिष्ठे र सिपी पुडासैनी ‘धतुरे’ समेत देखिँदैछन् ।


  •  
  •  
  •