साझा ज्येष्ठ नागरिक संगठनको घोषणा

64
  •  
  •  
  •  

काठमाडौं । ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को अवसरमा साझा पार्टीले ‘साझा ज्येष्ठ नागरिक संगठन’ गठन गरेको छ।

नेपालका ज्येष्ठ नागरिकहरूको हक, हित, स्वास्थ्य र सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने पार्टीको लक्ष्यलाई मद्दत पुर्याउने उद्देश्यका १५ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन भएको पार्टीका सहप्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।

पाठकका अनुसार महेन श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन भएको हो । संगठनको महासचिव चक्र न्यौपाने बनेका छन् ।

संयुक्त राष्ट्र संघले सन् १९९० मा अक्टोबर एक तारिखलाई ज्येष्ठ नागरिक दिवस घोषणा गरेको थियो। कल्याणकारी लोकतन्त्रमा विश्वास गर्ने साझा पार्टी ज्येष्ठ नागरिकहरूको लोकतान्त्रिक अधिकारमात्र होइन सामाजिक सुरक्षा तथा सार्वजनिक स्वास्थ्य सेवामा सबैको निशुल्क पहुँच राज्यको दायित्व हुनुपर्ने बताउँदै आएको छ ।

नेपालमा ज्येष्ठ नागरिकहरूको संख्या २० लाखभन्दा बढी रहेको अनुमान गरिन्छ। सो संख्या हरेक वर्ष बढेर जाने विज्ञहरू बताउँछन्। तर नेपालमा ज्येष्ठ नागरिकहरूले ७० वर्षको उमेरपछि उपचार खर्चसहित मासिक तीन हजारको भत्ताबाहेक राज्यबाट उल्लेख्य सहयोग पाउँदैनन्।

साझा ज्येष्ठ नागरिक संगठन केन्द्रीय तदर्थ समितिका सदस्यमा महेन श्रेष्ठ, कृष्णा ताम्राकार, प्रा डा जगन्नाथ श्रेष्ठ, विनय शर्मा, चक्र न्यौपाने, कीर्ति तुलाधार, विकल शेरचन, जगदिश्वर यादव, टिकाप्रसाद विमली, डा बोधप्रसाद पराजुली, घनबहादुर शाह, केवलमान श्रेष्ठ, बलराम सापकोटा, देविदत्त ज्ञवाली र तारा ढुङ्गाना छन् ।


  •  
  •  
  •