साझा यातायातले सुरू गर्‍यो ‘स्मार्ट ट्राभल कार्ड’

156
  •  
  •  
  •  

smart travel cardकाठमाडौँ, ३० कात्तिक(ओएनएस) : साझा यातायातले ‘स्मार्ट ट्राभल कार्ड’को परीक्षण प्रयोग सुरू गरेको छ ।

उक्त कार्ड अहिले साझा यातायातको एउटा बसमा प्रयोग गरिएको छ । उक्त बसको अगाडी र पछाडीका दुई वटै ढोकामा स्मार्ट कार्डको डिभाइस राखिएको छ । ट्राभल कार्ड साझा यातायातको काउन्टर तथा साझा यातायातको बसका कर्मचारीबाट प्राप्त गर्न सकिन्छ । सर्वसाधारणले उक्त कार्ड किनेर मोबाइलको रिचार्ज कार्ड जस्तै कार्ड किनेर रिचार्ज गर्नुपर्ने हुन्छ ।

कार्ड लिएका यात्रुले बस चढ्दा पछिल्लो ढोकासँगै रहेको स्मार्ट कार्डको डिभाइसमा स्वाप गर्नुपर्ने हुन्छ र निस्किने बेलामा पनि कार्ड अगाडिको ढोकामा स्वाप गर्नुपर्ने हुन्छ । यसरी चढ्दा र झर्दा स्वाप गरेपछि मेसिनले यात्रुले उक्त बसमा तय गरेको दूरी अनुसार कार्डबाट पैसा काटिन्छ ।

यसरी कार्डबाट काटिएको पैसा साझा यातायातको नेपाल बैकको खातामा जम्मा हुन्छ । यसका लागि कार्ड निर्माता कम्पनी नुप्सेले नेपाल बैकसँग सम्झौता गरेको छ ।


  •  
  •  
  •