पूर्वमन्त्रीलाई जेल सजाय

72
  •  
  •  
  •  

एजेन्सी । अल्जेरियाको सर्वोच्च अदालतले एक जना पूर्वमन्त्रीलाई जेल सजायको फैसला सुनाएको छ ।
पूर्व राष्ट्रिय एकता तथा पारिवारिक मामिलामन्त्री साइद बेर्कातलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै जेल चलान गर्नुपर्ने फैसला गरेको हो ।

उत्तरी अफ्रिकी मुलुक अल्जेरियामा भ्रष्टाचार विरुद्ध देशव्यापी र व्यापक आन्दोलनहरू भइरहेका बेला अदालतले यस्तो फैसला गरेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मन्त्री हुँदा कृषि र स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका पुर्वमन्त्री बेर्कात अहिले ७१ वर्ष पुगे । गलत शासन र अनियमितताको आरोप लागेको छ ।

पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लिका शक्तिमा आएसँगै सन् १९९९ मा बेर्कात मन्त्री बनेका थिए ।


  •  
  •  
  •